२१ चैत्र २०८२, शनिबार | April 4, 2026

महाधिवेशन उदघाटन स्थलको निरिक्षण गर्न एमाले अध्यक्ष ओली नारायणी किनारमा



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १०औँ महाधिवेशन उद्घाटन स्थल प्रस्ताव गरिएको नारायणगढ स्थित नारायणी किनारको निरीक्षण गरेका छन् ।

अध्यक्ष ओलीले चितवनमा हरेक वर्ष औद्योगिक ब्यापार मेला लाग्ने गरेको नारायणी नदीको किनारको निरिक्षण गर्दै त्यस स्थानले ठेक्न सक्ने सहभागिताका विषयमा चासो राखेका थिए । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायत विषयमा चासो चितवनका स्थानीय नेताहरुसँग जिज्ञासा राखेका थिए । ओलीले नारायणी किनार बाहेकको स्थान चितवनमा अन्यत्र भए नभएको विषयमा जिज्ञासा राखेको निरिक्षणमा सहभागी एक नेताले बताए ।

ओलीलाई स्थान देखाउन र चयन गरिएको स्थानका विषयमा ब्रिफिङ गर्न एमाले केन्द्रीय सदस्य काशीनाथ अधिकारी, प्रदेशसभा सदस्य जेएन थपलिया, एमाले नेता कृष्णभक्त पोख्रेल, एमाले जिल्ला अध्यक्ष पार्वती रावललगायत ओली सँगै नारायणी किनारमा पुगेका थिए । उनीहरुले ओलीलाई चितवनमा सबैभन्दा उपयुक्त स्थान सोही स्थान भएको ब्रिपिङ गरेका थिए ।

सो अवसरमा ओलीलाई ब्रिपिङ गर्दै केन्द्रीय सदस्य अधिकारीले पश्चिमबाट आउने सवारीलाई गैँडाकोटमा, पूर्वबाट आउने सवारीलाई केन्द्रीय बस टर्मिनल भरतपुरमा र उत्तरतर्फबाट आउने सवारीलाई आँपटारीमा पार्किङको व्यवस्था गर्न सकिने जानकारी दिए । उनले नदी किनारमा व्यवस्थापन गरेर ५ लाख हाराहारी सहभागी हुनसक्ने बताए ।

विधान महाधिवेशनको समापनमा अध्यक्ष ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेपनि एमाले स्थायी कमिटीले महाधिेवशन स्थल चितवन सारेको थियो । एमालेको १०औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ९ : ०८ बजे

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति