१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

लुम्बिनी प्रदेश सरकारले उद्योग क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकासका लागि उद्योग क्षेत्र नै पहिलो अधार भएको बताएका छन् । घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारले औदोगिम विकासलाई पहिलो प्राथमिकता दिएको बताए ।

उनले लुम्बिनी प्रदेशलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि परेको बताउँदै घरेलु तथा साना उद्योगको क्षेत्रबाटै बहुसख्यक मानिसहरुलाई रोजगारमुखी बनाउन सकिने स्पष्ट पारे । नेपालको विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको बताउँदै उनले त्यसमा नै सबैको ध्यान केन्द्रीत गर्न आवश्यक रहेको बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यवसायीका लागि प्रदेश बैंक स्थापना गरिएको उल्लेख गर्दै त्यस्ता बैंकबाट सस्तो व्याजमा ऋण प्रदान गर्ने सरकारको तयारी रहेको जानकारी दिए । घरेलु उद्योगबाट आम मानिसलाई समृद्ध गर्ने तर्फ सबैले ध्यान जानु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १० : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम