३ पुस २०८२, बिहिबार | December 18, 2025

२० वर्ष लोडसेडिङ अन्त्य हुँदैन भन्नेहरुलाई मैले लोडसेडिङ अन्त्य गरेर देखाइदिएँ : केपी ओली



नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको दाबी गरेका छन् । नेपालगन्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गरे ।

ओलीले एमालेले गरेको विकास अहिलेको सत्ता गठबन्धनलाई मन नपरेकै कारण सरकार ढाल्ने काम गरेको बताए । उनले आफु प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिने प्रयास गरिरहेको आरोप लगाए । नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको दाबी गर्दे उनले आफुले शुरु गरेको विद्युत उत्पादनबाट प्रधानमन्त्री देउवाले विजुली खपत बढाउन आह्वान गर्दे हिँडेको बताए ।

२० वर्ष लोड सेडिङ अन्त्य हुँदैन भन्नेहरुलाई आफैले भारतबाट विजुली किनेर भएपनि लोड सेडिङको अन्त्य गरेको देखाईदिएको दाबी गर्दै ओलीले विजुलीबाट चल्ने बसको कुरा पनि आफैले शुरु गरेको बताए । उनले २० वर्षमा गर्न नसक्ने विकास आफ्नो नेतृत्वमा विकास गरेर देखाइदिएको दाबी गरे । एमालेले गरेको विकास देखेर आफ्नो राजनीतिको ब्यापार चल्न नसक्ने भएपछि विपक्षीहरुले पद बाँडेर सरकार ढालेको आरोप लगाए । ‘काँग्रेसले एकमना सरकार बनाएकै हो, तर उसले सकेन, एमालेले सक्यो ।’ उनले भने ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका