१ कार्तिक २०८३, आइतबार | October 19, 2026

एमालेबाट विद्रोह गरेको बुझ्न चितवनको तमासा हेरे पुग्छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनलाई जीवित राख्न एमालेबाट विद्रोह गरेको बताएका छन् ।

सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताएका हुन् । नेपालले नेकपा एमाले पार्टी भित्र फरक मत राख्नेहरुको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको जिकिर गरे । नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट पारेको भन्दै अध्यक्ष नेपालले एमाले अधोगतितर्फ गइसकेको दाबी गरे ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको बताए । उनले राम्रो विचारधाराको पार्टीले राम्रोकै साथ दिने र नराम्रो विचारधाराको पार्टीले नराम्रोको नै साथ दिने भन्दै एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखिने जिकिर गरे । उनले अहिले बामपन्थी, लोकतान्त्रिक शक्तिहरु मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरुबाट मुक्ति दिलाएको बताए ।

अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरुप्रति अत्यन्त सजग भएको बताए । उनले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि नेकपा एकीकृत समाजवादी लागि पर्ने बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ५९ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ