३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

कोरोनाको ओमिक्रोन महामारीलाई चुनौती दिँदै बुटवलमा व्यापार मेला लगाइँदै



बुटवल । सरकारले ६७ मुलुकबाट नेपाल प्रवेश गर्ने जो कोहीलाई अनिवार्य क्वारिन्टेन बस्नै पर्ने उर्दी जारी गरेकै दिन बुटवलमा भने तामझामका साथ व्यापार मेला सञ्चालन गर्ने घोषणा गरिएको छ ।

विश्व समुदायका अधिकांस मुलुकहरुमा कोरोनाको ओमिक्रोनको महामारी बढेका कारण पुनः लकडाउनको तयारी भएपनि नेपालमा भने हजारौं जनमानस एकैस्थानमा भेलागर्ने दाबी गर्दै मेला लगाउने तयारी गरिएको छ ।

कोरोना महामारीले घरदैलोमा नै त्रास देखाउन थालेका बेला उद्योग व्यापार संघ रुपन्देहीले भने ५ लाख जनमानसलाई एकै स्थानमा भेला गरेर ५० करोडको कारोबार गर्ने घोषणा गरेको छ । कोरोनाको पहिलो र दोस्रो महामारीमा हजारौं नेपालीले परिवार गुमाएर वर्ष दिन नपुग्दै मेला लगाउने तयारीले थप नागरिकहरुमा त्रास र पिडा थप्ने सम्भावना समेत बढाएको स्थानीयबासीले बताएका छन् ।

आयोजकले आज पत्रकार सम्मेलन गर्दै ४५० स्टल र बिभिन्न मनोरन्जनको कार्यक्रम गरेर ५ लाख बढी जनमानस एकै स्थानमा भेला गराउने घोषणा गरेको छ । त्यसो त नेपालमा सरकारका बसेका बेला आफैले लकडाउनको घोषणा गर्ने र पालना नगरेकालाई डण्ड जरिवाना गर्ने दलहरु आफै लाखौं नागरिकलाई भेला गरेर माहामारीलाई चुनौती दिईरहेका छन् ।

पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस ८ देखि २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएका छन् । मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दैसंघका अध्यक्ष गोबिन्दराज गैरेले ५ लाख बढीले मेला हेर्न आउने अपेक्षा राखिएको बताए ।

मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स (आमा नृत्य प्रतियोगिता), हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति, फेशन शो,निशुल्क दन्त शिविर र रक्तदान लगायतका कार्यक्रम आकर्षणको रुपमा रहने आयोजकले जनाएका छ ।

मेलाले उद्योगी र उपभोक्तालाई एकैथलोमा जमघट गराई उद्योगहरुलाई उपभोक्तामैत्री बनाउन पुलको काम गर्ने तथा रुपन्देही र लुम्बिनी प्रदेशको पर्यटन प्रवद्र्धन र नेपाली कला संस्कृति संरक्षणमा पनि टेवा पु¥याउने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए । तर यसरी भेला गर्दा फैलन सक्ने संक्रमण र त्यसबाट हुन सक्ने मानविय क्षतिका विषयमा भने आयोजकहरुले केही बताएनन् ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ०५ बजे

मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आज साँझ सव–इञ्जिनियरको

भ्रामक सूचनाको पछि नलागि एचपिभी खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा

पेट्रोलियम पदार्थको बढ्यो मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल

नेपालको समाजवाद समुदायमा आधारित हुन्छ : संयोजक प्रचण्ड

रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको

टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्त : टस जितेर पाकिस्तानद्वारा पहिले बलिङको निर्णय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत क्रिकेट जगतकै सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये