२२ बैशाख २०८१, शनिबार | May 4, 2024

हाम्रो प्रतिद्वन्द्वी कथित एमाले हो : माधव नेपाल



पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी एमाले भएको बताएका छन् । पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले आफ्नो पार्टीका लागि प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भएको बताएका हुन् ।

‘सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसात गर्नुपर्दछ । हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो । उसले हामीलाई शत्रु घोषणा गरेको छ,’ नेपालले भने, ‘हामी सहभागी कुनै कार्यक्रममा जान्न भन्ने ओली संयोगवश कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै पुगे । एउटै स्टेजमा बस्न हुने, अरू ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने रु’ एमालेले संसदीय मर्यादा पालना नगरेको उनको टिप्पणी छ ।

‘हामी आएपछि संसद्को बैठकमा आएका छैनन् । आउँछन् तर नारा लगाएर जान्छन् । संसदीय मर्यादा पालना गर भन्दै एमालेले नारा लगाउनु हास्यास्पद छ,’ उनले भने । उनले एक भएर अगाडि बढ्दा प्रमुख प्रतिद्वन्द्वीसँग जुध्न सकिने प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संसद्मा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : १८ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको