२० मंसिर २०८२, शनिबार | December 6, 2025

वर्षाका कारण हिजो स्थगित भएको बुटवलको औद्योगिक व्यापार मेला आज सुचारू हुँदै, प्रकाश सपूत आजको आकर्षण



बुटवल । वर्षाका कारण हिजो बुधबार स्थगित भएको बुटवलमा जारी चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आज बिहीबार सुचारु हुने भएको छ ।

वर्षाका कारण एक दिन स्थगित भएको औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला आज बिहीवारदेखी सुचारू हुने मेलाका संयोजक एबम आयोजक उद्योग ब्यापार संघ बुटवल का अध्यक्ष गोबिन्दप्रसाद गैरेले जानकारी दिए ।

‘ आजबाट मेला का सबै कार्यक्रम सुचारु हुन्छन् -अध्यक्ष गैरेले भने । आज सास्कृतिक कार्यक्रम अन्तर्गत चर्चित गायक एबम मोडेल प्रकाश सपूत बैकुण्ठ महत रितु कंडेल लगायत का कलाकार को प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन ।

यस्तै १ लाख पुरस्कार राशिको डान्स आइडलको प्रस्तुति उद्घोषक गोपाल अधिकारी को संचालनमा हुने सास्कृतिक कार्यक्रम सम्योजक यमलाल मरासिनी ले जानकारी दिए । आज बिहीवार सरकारले तमु ल्होसारको सार्बजनिक बिदा र बुटवल उपमहानगरपालिकाले आज र भोलि जाडो बिदा दिएकाले मेलामा दर्शकहरूको चाप बढी हुने अध्यक्ष गैरेले बताए ।

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला पुस २० गतेसम्म शुरु चल्ने छ । मेलामा ४७० स्टल रहेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ८ : ५३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति