१६ माघ २०८२, शुक्रबार | January 30, 2026

बुटवलको मेलामा एकै दिन एकलाख बढी दर्शक



बुटवल । बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको दशौं दिन शनिबार दर्शकको अत्यधीक चाप बढेको छ । शनिबार मात्रै एक लाख बढीले मेला अवलोकन गरेका मेला आयोजक उद्योग ब्यापार संघ बुटवलले दाबी गरेकोे छ ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस ८ गतेदेखि सञ्चालित मेलाको दशौं दिन शनिबार हालसम्मकै धेरै दर्शक आएको मेला संयोजक एवं संघका अध्यक्ष गोबिन्दराज गैरेल बताए । शनिबार सार्वजनिक विदा र मेला सकिन २ दिन मात्र बांकी भएकाले दर्शकको चाप बढेको अध्यक्ष गैरेले बताए । दर्शकको चाप थेग्न नसकेपछि केही घण्टा टिकट विक्रि स्थगित र टिकट घर वाहेक ठाउंठाउंमा गाडीबाट समेत टिकट विक्रि गर्नुपरेको संघका महासचिव पदम जीसीले बताए ।
शनिबार मेलाका स्टल, होटेल–रेष्टुरेन्ट र बाल उद्यानमा उत्साहजनक ब्यापार भएको र स्टलधनीहरु सन्तुष्ट भएको संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले बताए । शनिबार मात्रै मेलामा रहेका ४ सय ७० स्टलहरुबाट करोड हाराहारीमा ब्यापार भएको अनुमान गरिएको पन्थीले बताए ।

शनिबार मेलामा गायक एवं मोडेल दुर्गेश थापा,कुशल बेल्बासे,रबिना बसेल, रामचन्द्र चन्द, योगराज पोखरेल,सीता राना, विधान कार्की र मोडेल चांदनी सिलियाको प्रस्तुति रहेको थियो । आइतबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, भाइरल बाल गायक सचिन परियार, आधुनिक गायिका सहिमा श्रेष्ठ, शान्तिरानी परियार, गायक मनोजसिंह धामी, सन्जय सौगात, नारायण बीपी परियार, ओशियन अटो डान्स आइडलका प्रतियोगीको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

बुटवल देवीनगर रंगशाला नजिक आयोजित ब्यापार मेला पुस २० गतेसम्म चल्ने छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : ४१ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र