१९ बैशाख २०८३, शनिबार | May 3, 2026

समुदाय प्रहरी साझेदारी : बुटवलमा खुल्ला रक्तदान



बुटवल । नेपाल नियमित रक्तदाता सँघ बुटबल र लुम्बिनी प्रदेस दंगा नियन्त्रण प्रहरी गण सुनवलको सयुक्त आयोजनामा बुधबार बुटबलको ट्राफीक चोकमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तगत बुटवलको खुल्ला चौकमा खुल्ला रक्तदान कार्यक्रम गरीएको हो ।

रक्तदान कार्यक्रम्मा ७७ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेस दंगा नियन्त्रण प्रहरी गण सुनवलका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले रक्तदान जिबन दान भन्ने नारा साकार पार्न रक्तदान गरिएको बताए । प्रहरीले समुदाय सँग मिलेर गर्नुपर्ने काम अन्तर्गत रक्तदान कार्यक्रम गरीएको उनले बताए ।

‘प्रहरीले कानुन पालना गराउने शान्ती सुरक्षा दिनेमात्र नभै समुदायमा हुने हरेक सामाजिक कार्यमा प्रहरीको भुमिका देखिनु जरुरी छ,’ प्रहरी उपरिक्षक कार्कीले भने, ‘प्रहरीले हरेक काम गर्दा सेवा र सहयोगको भाबनाले गर्नुपर्दछ ।’

कार्यक्रममा बोल्दै नियमित रक्तदाता सँघका अध्यक्ष दया बहादुर सिलवालले बिगतमा रक्तदान गर्दा आफु कमजोर हुने डरले रक्तदान गर्न डराउनेहरुलाई यो सस्थाले रक्तदान गर्नु भनेको कसैको जिबन बचाउनु हो भन्ने बुझाउन सकेको स्पष्ट पारे । पछील्लो समय रक्तदान गर्नेहरुको सख्या बढदै गएको उनले बताए ।

कार्यक्रममा ७७ जनाले रक्तदान गरेका थिए भने कार्यकमको प्रायोजन सिद्धार्थ मोबाईल हब बुटबलले गरेको थियो

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ३१ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय