२४ असार २०८३, बुधबार | July 8, 2026

चुनावको मितिबारे कहिले हुन्छ निर्णय ?



काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारे सरकार र निर्वाचन आयोगबीच छलफल भएर आगामी जेठ ४ मा गर्ने सहमति भयो । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ पाँचमा यसअघि निर्वाचित जनप्रतिनिधिको समय सकिनु अघि नै ४ गते निर्वाचन गर्ने सहमति भएको थियो ।

निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) मन्त्रिपरिषद्बाट पास गराउने आश्वासन दिएका थिए । त्यसै अनुरुप निर्वाचन आयोग स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । तर, निर्वाचनको मिति भने आज पनि घोषणा हुन सकेन ।

सामान्यता मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ । आज मन्त्रिपरिषद्बाट स्थानीय तहको मिति तय हुने भनिएको भए पनि बैठक बसेको छैन । एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा स्थानीय तहको निर्वाचनको घोषणा ओझेलमा परेको देखिएको छ ।

एमसीसी पास गराउनु पर्ने दबाबमा रहेका देउवाले गठबन्धन दलहरुसँगको सहमतिमा यसलाई पास गर्दै निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको कतिपयको आकलन रहेको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित चुनावी मैदानमा जान चाहिरेहका माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि देउवाले एमसीसी पास गर्न दबाब बढाइरहेका छन् ।

यदी त्यसो हुन नसके गठबन्धनको भविष्य नै अन्योलनमा पर्ने सम्भावना रहेको विषयमा समेत चर्चा भइरहँदा देउवाले निर्वाचन मितिबारे भन्दा पनि एमसीसी पास गर्ने विषयमा बढी जोड दिइरहेका छन् ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : ४२ बजे

सुनको मूल्य नौ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

राजेन्द्र राईको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई लक्षित गर्दै नेकपा

नेपालगन्जमा एलजीका नयाँ उत्पादनहरुको ‘लञ्च’

नेपालगन्ज । एलजीले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै

अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । मौसमविद्ले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था