१५ भदौ २०८३, सोमबार | August 31, 2026

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै, स्थानीय तहको निर्वाचनको मिति तोक्ने एजेन्डा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे दुई नेताबीच भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैन,’ रिमालले भने ।

प्रधानमन्त्री देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । प्रचण्डसँग पनि ४ बजे नै भेटवार्ताको समय तोकिएकाले तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल हुन लागेको बताइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  २ : २४ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत