२९ भदौ २०८३, सोमबार | September 15, 2026

सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी



काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी छ ।

सिंहदरबारमा बसिरहेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरु सहभागी छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सभामुखले बोलाएको बैठक बहिस्कार गरेको छ ।

सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराए लगत्तै सभामुख सापकोटाले हिजो सर्वदलीय बैठकको आह्वान गरेका थिए । बैठकमा महाअभियोग परामर्श समिति गठनबारे छलफल हुँदैछ । यस्तै एमसीसी अनुमोदनका लागि संसद बैठकमा प्रवेश गराउने विषयमा समेत दलका नेताहरुले सभामुखलाई पार्टीगत सुझाव दिनेभएका छन् ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी छन् ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : ४२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ