३ पुस २०८२, बिहिबार | December 19, 2025

सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा जारी



काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी छ ।

सिंहदरबारमा बसिरहेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरु सहभागी छन् । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सभामुखले बोलाएको बैठक बहिस्कार गरेको छ ।

सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराए लगत्तै सभामुख सापकोटाले हिजो सर्वदलीय बैठकको आह्वान गरेका थिए । बैठकमा महाअभियोग परामर्श समिति गठनबारे छलफल हुँदैछ । यस्तै एमसीसी अनुमोदनका लागि संसद बैठकमा प्रवेश गराउने विषयमा समेत दलका नेताहरुले सभामुखलाई पार्टीगत सुझाव दिनेभएका छन् ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी छन् ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : ४२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको