काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार पुगेका छन् । उनीहरूबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता जारी छ ।
ओली केहीबेर अघि बालुवाटार पुगेको र अहिले कुराकानी भइरहेको उनका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।
संसद्मा टेबुल भएको एमसीसी पारित हुन नदिने रणनीतिमा सत्ता गठबन्धन दल माओवादी र एकीकृत समाजवादी लागेपछि देउवाले प्रतिपक्ष एमालेसँग संवाद अघि बढाएका छन् ।
उसो त एमसीसी टेबल हुनुअघि पनि ओली र देउवाबीच भेटवार्ता भएको थियो । दुवैतिरका विश्वासपात्रमार्फत् समेत संवाद भएको थियो ।
एमसीसीका विषयमा एमालेले भने कुनै धारणा सार्वजनिक गरिसकेको छैन । आजै दिउँसो मात्र अमेरिकी राजदूत रेन्डी बेरीले एमाले अध्यक्ष ओलीलाई भेटेका थिए । उनीहरूबीच ओलीनिवास बालकोटमा भेटवार्ता भएको थियो ।



















प्रतिक्रिया