१७ भदौ २०८३, बुधबार | September 2, 2026

एमसीसी २१औँ शताब्दीको उपनिवेश हो : विप्लव



काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनकोरूपमा दर्ज भएको बताएका छन् ।

विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताएका हुन् ।

‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’
नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ ।

अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे ।

अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकीर गरे ।

केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ५० बजे

भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व सङ्कलन

भोजपुर । जिल्लामा काठ तथा गैरकाष्ठ वन पैदावारको निकासीबाट रु

यस्तो छ आज विभिन्न सडकको अवस्था

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा

भोटेकोशी बाढी : शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय

नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर