२० मंसिर २०८२, शनिबार | December 7, 2025

प्रदेश विश्वविद्यालय सार्ने षडयन्त्र विरुद्ध बाँके बर्दिया आन्दोलित, आईतबार दुबै जिल्लाको संयुक्त सर्वपक्षिय भेला



नेपालगन्ज । लुम्बिनी प्रदेशसभाबाट समेत अनुमोदन गरि सरकारको निती कार्यक्रम बनेको प्रदेश विश्वविद्यालय बाँकेको खजुराबाट अन्यत्र सार्ने षडयन्त्र भएको भन्दै बाँकेमा आन्दोलनको तयारी थालिएको छ । पूर्ववर्ति सरकारको निती तथा कार्यक्रममा परेको प्रदेश विश्वविद्यालय खजुरामा स्थापना गर्ने निर्णय विरुद्ध मुख्यमन्त्री कुल प्रसाद केसी र प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीको योजनामा खजुराबाट अन्यत्र सार्ने योजना सार्वजनिक भएसँगै बाँकेमा आन्दोलनको तयारी गरिएको हो ।

प्रदेश योजना आयोगका उपाध्यक्षले अघिल्लो साता पत्रकार सम्मेलन नै गरेर प्रदेश विश्वविश्वबिद्यालय खजुरामा राख्न अनुपयुक्त रहेको भन्दै दाङको देवचुली वा कपिलवस्तुको बहादुरगन्जमा जग्गाको खोजी भइरहेको खुलासा गरेका थिए । विश्वविद्यालय सम्बन्धी समाचार खबरकुरामा आएसँगै खजुरा क्षेत्रका स्थानीय सरकार सहित बाँके र बर्दियाका स्थानीयबासीहरु आन्दोलित बनेका हुन् ।

विश्वविद्यालयका लागि १०० बिगाहा जग्गा सिफारिस सहित जग्गा छुट्याउने काम समेत सम्पन्न गरेको खजुरा गाँउपालिकाले पालिका स्तरिय सर्वदलिय बैठक गर्दै योजना आयोगको तयारी प्रति आपत्ति जनाएको छ भने सत्ता गठबन्धन भित्रका दलहरुले समेत बैठक गरि आन्दोलनको तयारी गरेको जनाएका छन् ।

गाँउपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले विश्वविद्यालय खजुराबाट अन्यत्र लैजाने सपना नदेख्न चेतावनी दिदै मुख्यमन्त्री र योजना आयोगको षडयन्त्र कुनै हालतमा पुरा हुन नदिने बताए ।

सत्ता गठबन्धनका नेता डम्बर बिक तुफानले पालिका स्तरको गठबन्धनका दलहरुको बैठकले प्रदेश योजना आयोगका उपाध्यक्षलाई भनाई सच्याउन भनिएको जानकारी दिए । उनले विश्वविद्यालयको विषय बाँके र बर्दिया कै प्रतिष्ठाको विषय भएकाले गल्ती नगर्न प्रदेश सरकारलाई चेतावनी दिए ।

विश्वविद्यालय अन्यत्र सार्ने योजनाका विरुद्ध संघर्ष समिति गठन गर्ने उद्देश्यले आइतबार बाँके जिल्ल समन्वय समितिको अगुवाईमा बाँके र बर्दियाका प्रदेशसभा सदस्यहरुको समेत उपस्थिती रहने गरि सर्वदलिय र सर्व पक्षिय भेला बोलाइएको छ ।

सोही सम्बन्धमा शनिबार माद्यामिक विद्यालय शिक्षक युनियन बाँकेले प्रेस विज्ञप्ति प्रकाशित गर्दै प्रदेश संसदले समेत पारित गरिसकेको लुम्बिनी प्रादेशिक विश्वविद्यालयलाई योजना आयोगले विभिन्न बाहनाबाजी गर्दै अन्यत्र सार्ने प्रयास गर्नु गैर कानुनी कार्य भएको जनाएको छ । युनियनले प्रकाशित गरेको विज्ञप्तिमा विश्वविद्यालय सार्न खोजिनु निन्दनीय एवं विभेदकारी कार्य भएको उल्लेख गर्दै योजना आयोगले षडयन्त्रलाई तत्काल स्थगित गरी गर्दै लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरा ८ मै सञ्चालन गर्न जोडदार माग गरेको छ । ‘यदि हाम्रो मागलाई बेवास्ता गरी यसको सुनुवाई गर्न अस्वीकार गरिएमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुनेछ ।’ विज्ञप्तिमा लेखिएको छ ।

लुम्बिनी प्रादेशिक विश्वविद्यालय बाँकेको खजुरा गाउँपालिका ८ स्थित रनियापुरमा स्थापना गर्नका लागि खजुरा गाँउपालिका सहित बाँके जिल्ल समन्वय समितिबाट आवश्यक गृहकार्य पुरा गरिसकेको जनाइउको छ । यस कार्यलाई मूर्तरूप दिन आवश्यक पर्ने स्थलका सम्बन्धमा खजुरा गाउँपालिकाले सय बिघा जग्गा उपलब्ध गराउने गाउँपालिकाको प्रतिबद्धतापत्र जिल्ला समन्वय समितिमा पठाएइसकेको छ भने बाँके जिल्ला समन्वय समिति जिल्ला सभाले खजुरा गाउँपालिका द्वारा पठाइएको उक्त प्रस्ताव अनुमोदन गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा पठाएको छ । सोही सिफारिसका आधारमा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रदेशको नीति तथा कार्यक्रममा पारित गरीआव ०७६/०७७ मा ३ करोड, आव ०७७/०७८ मा ७ करोड र चालु आर्थिक वर्षमा रू.१० करोड रकम समेत विनियोजन गरेको छ । खजुरा गाउँपालिकाले आफ्नै खर्चमा खजुरा गाउँपालिका वडा नं ८ को रनियापुरमा प्राविधिक द्वारा नापी गराइ जग्गा समेत छुट्याइ सकेको छ ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : १९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल