२४ मंसिर २०८२, बुधबार | December 10, 2025

गठबन्धन टुटाउने षड्यन्त्र भैरहेको छ, चनाखो बनौं : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन अनेक षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

नेपाल विद्यार्थी संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षडयन्त्र भइरहेको दाबी गरेका हुन् । देउवाले भने, ‘यो गठबन्धन टुटाउने षडययन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ ।’

अहिलेको अवस्थामा कुनै पनि हालतमा गठबन्धन तोड्न नहुने पक्षमा आफू रहेको प्रष्ट पारे । अहिले कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था नभएकोले गठबन्धन गर्नैपर्ने जिकिर गरे । उनले भने, ‘गठबन्धन भएपछि गिभ एण्ड टेक हुन्छ । सबै तपाईंलाई दिन गठबन्धन गरेका होइनन् ।’

देउवाले थपे, ‘हामी संसदीय चुनावमा हारेको हो । अहिले गठबन्धनले धेरै ठाउँमा हाम्रो सरकार छ । धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के बिगारेँ मैले रु मैले कांग्रेसलाई सरकारमा ल्याउनु गल्ती हो भने मैले गल्ती गरेको भन्नुपर्छ । धन्यवाद र बधाई दिनुपर्नेमा !’

 

 

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : १२ बजे

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन