२३ बैशाख २०८३, बुधबार | May 7, 2026

होङ्सी सिमेन्टले राष्ट्रको अर्थतन्त्रमा योगदान गरेको छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले होङ्सी सिमेन्ट उद्योग सञ्चालनले नेपालको अर्थतन्त्रमा योगदान गरेको बताएका छन् । शनिबार होङ्सी सिमेन्ट उद्योग सञ्चालक समितिको आमन्त्रणमा होङ्सी सिमेन्ट उद्योग प्रा.ली. को अबलोकनका क्रममा उद्योगका सञ्चालक र उच्च अधिकारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले उद्योगको स्तर उन्नती र क्ष्नमता बढाउन कच्चा पदार्थ सप्लार्यमा प्रदेश सरकारको तर्फबाट अझै सहजीकरण गरि दिने आश्वासन दिए ।

उनले नेपालको लुम्बिनी प्रदेश सिमन्ट उद्योगहरुको हवको रुपमा रहेको बताउँदै हाल लुम्बिनी प्रदेशको कच्चा पदार्थ मात्र उपयोग गर्ने गरेको होङ्सी सिमेन्टलाई लुम्बिनी प्रदेशकै भुगोलमा सञ्चालनका लागि आमन्त्रण गरे । मुख्यमन्त्री केसीले भने–“यसबाट सेवा राम्रै गर्नुभएको छ, अझै लुम्बिनी प्रदेशको बीच भुगागमा सञ्चालन गर्न आउन हुन्छ भने पनि प्रदेश सरकार सहयोग गर्न प्रतिवद्ध छ ।”

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशभित्र सिमेन्टका उद्योगहरुले अर्थतन्त्रमा ठूलो योगदान गरेको बताउँदै त्यसलाई व्यवस्थित गरी प्रदेशलाई सिमेन्टको उद्योगको हवको रुपमा विकास गर्न खोजेको बताए ।

होङ्सी सिमेन्टकाका असिष्टेन्ट ज्याकले आफूहरुले नेपालको दैनिक उत्पादनलाई बढाउन र आम ग्राहकहरुलाई सुपथ मूल्यमा प्रदान गर्नका लागि प्रयत्नशिल रहेको बताए । उनले आफूहरुले ग्राहकहरुलाई छिटो सेवा प्रदान गर्नका लागि लुम्बिनी प्रदेशमा आउन समेत इच्छुक रहेको बताउँदै त्यसका लागि सहयोग गरि दिन प्रदेश सरकारलाई आग्रह गरे ।

प्रदेश सरकारका निमित्त प्रमुख सचिव राजेन्द्र थापाले वास्तमै हाल देशका अधिकांश सिमेन्ट उद्योग करिव १७ वटा लुम्बिनी प्रदेशमै सञ्चालन रहेकाले प्रदेश सरकारले अझै यस विषयमा सहजीकरण गर्ने बताए ।

भ्रमणको क्रममा मुख्मन्त्रीको साथमा कृषि तथा खाद्य प्रविधि भुमी व्यवस्था मन्त्री सुमन शर्मा लगायतको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ४७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा