१ पुस २०८२, मंगलबार | December 16, 2025

तिलोत्तमा मतगणना अपडेट : गठबन्धनले मतान्तर बढाउँदै , उपप्रमुखमा एमालेको जित निश्चित



बुटवल । रुपन्देहीको तिलोत्तमामा नेकपा एमाले र गठबन्धन बिच रोमाञ्चित यात्रा जारी रहेको छ । अधिकांश पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा पनि तिलोत्तमामा भने अझैसम्म मतगणना जारी रहेको छ ।

आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । शनिबार सम्म पालैपालो अग्रता लिएपनि आईतबारबाट भने लगातार खाँणले अग्रता लिईरहेका छन् ।

३६ हजार १ सय ५१ मत गणना हुँदा ७ सय ५६ मतले अगाडि रहेका खाँण आज साझ ५:४५ बजे सम्म ३८ हजार ८ सय ८४ मत गणना हुँदा चापागाईंलाई ८ सय ३९ मतले पछाडि पार्दै खाँणले झन अग्रता बढाएका छन ।

पछिल्लो परिणाम अनुसार खाँणको १५ हजार २ सय ४६ मत आउँदा चापागाईंलाई १४ हजार ४ सय ७ मत प्राप्त भएको छ ।

उप प्रमुखमा भने भारी अन्तरले एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १४ हजार ५४ मत आउँदा शर्माको ७ हजार २ सय १ मत मात्र आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : ५५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज