१ पुस २०८२, मंगलबार | December 16, 2025

तिलोत्तमा अपडेट : खाँणको अग्रता निरन्तर कायम, उपप्रमुखमा चौधरीको जित निश्चित



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन् ।

अहिले बिहान ६ः३० बजे गणना भएको ५० हजार ९ सय ९८ मतको परिणाम सार्वजनिक गर्दा खाँण ९ सय ८५ मतान्तरले अगाडि छन् ।

२२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहेका खाँणले पछिल्लो पटक सार्वजनिक भएको नतिजामा १९ हजार ४ सय ७२ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले १८ हजार ४ सय ८७ मतका साथ पछ्याई रहेका छन् ।

तर उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर मतले अगाडि छिन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १८ हजार १ सय ६२ मत आउँदा शर्माको ९ हजार ४६ मत मात्र आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ७ : ५१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज