२७ बैशाख २०८३, आइतबार | May 10, 2026

तिलोत्तमा अपडेट : थोरै मतान्तर घटाउदै चापागाईं, करिब बाह्र हजार पाँच सय मत गन्न बाँकी



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन् ।

अहिले बिहान ९:४५ बजे सम्म गणना भएको ५२ हजार १ सय ८९ मतको परिणाम सार्वजनिक गर्दा खाँण ९ सय ६३ मतान्तरले अगाडि छन् । तिलोत्तमामा ६४ हजार ७ सय २ मत खसेको थियो । अब १२ हजार ५ सय १३ मत गन्न बाँकी छ ।

२२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडि रहेका खाँणले पछिल्लो पटक सार्वजनिक भएको नतिजामा १९ हजार ८ सय ३१ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले १८ हजार ८ सय ६८ मतका साथ पछ्याई रहेका छन् ।

तर उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर मतले अगाडि छिन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १८ हजार ५ सय ४७ मत आउँदा शर्माको ९ हजार १ सय ९६ मत मात्र आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १० : ३२ बजे

संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको सिफारिस भएको हो : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ?

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबार (हिजो) देखि

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौँ । मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तरराष्ट्रिय ज्येष्ठ