२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

पाल्पा बस दुर्घटना : घाईतेहरुको नाम खुल्यो, मृतकको सनाखत हुन सकेन (घाईतेको नाम सहित)



बुटवल । पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको अझै सनाखत हुन नसकेको पाल्पा प्रहरीले जनाएको छ । बागलुङको बुर्तिवाङबाट गुल्मीको मजुवा हुँदै बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको यात्रुबाहक बस सडकबाट १०० मिटर तल खस्दा आज अपरान्ह ६ जनाको ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार घाईतेहरुनेहरुमा बस चालक रुपन्देही कञ्चन ५ का किसन श्रीस मगर, बागलुङ बडिघाट १० का १८ वर्षिय सिजन थापा, बुटवल ११ कालिकानगरका ५७ वर्षिय गोबिन्द थापा, गुल्मी मजुवाकी २१ वर्षिया रचना सुबेदी, गुल्मी चन्द्रकोट ८ मजुवाकी १८ वर्षिया प्रियङ्का काफ्ले, सोही स्थानका चन्द्र बहादुर कामी रहेका छन् ।

त्यसैगरि घाईतेहुनेहरुमा कपिलवस्तु वाणगङ्काका पिताम्बर रेग्मी, गुल्मी चन्द्रकोटकी रिया सुबेदी, गुल्मी सत्यवती छ खैरेनीका छबिलाल ढकाल, नवलबरासी बर्दघाटका अम्मरे कामी, सत्यवती गुल्मी खैरेनीका पुजन ढकाल, बागलुङ ढोरपाटन १ का टेकबहादुर रसाईली, रौतहट बिरेन्द्रवनका संजय कुमार ठाकुर, म्याग्दी रुमका ४ वर्षिय विश्वास रोका र सुमित्रा रोका तथा देवदह ७ का खडक बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

२२ जना यात्रु सहित आईरहेको बसबाट १६ जनाको उद्दार गरि उपचारका लागि तानेसन पठाईएको र मृतक ५ जनाको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ४४ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले