१७ पुस २०८२, बिहिबार | January 1, 2026

पाल्पा बस दुर्घटना : घाईतेहरुको नाम खुल्यो, मृतकको सनाखत हुन सकेन (घाईतेको नाम सहित)



बुटवल । पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको अझै सनाखत हुन नसकेको पाल्पा प्रहरीले जनाएको छ । बागलुङको बुर्तिवाङबाट गुल्मीको मजुवा हुँदै बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको यात्रुबाहक बस सडकबाट १०० मिटर तल खस्दा आज अपरान्ह ६ जनाको ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार घाईतेहरुनेहरुमा बस चालक रुपन्देही कञ्चन ५ का किसन श्रीस मगर, बागलुङ बडिघाट १० का १८ वर्षिय सिजन थापा, बुटवल ११ कालिकानगरका ५७ वर्षिय गोबिन्द थापा, गुल्मी मजुवाकी २१ वर्षिया रचना सुबेदी, गुल्मी चन्द्रकोट ८ मजुवाकी १८ वर्षिया प्रियङ्का काफ्ले, सोही स्थानका चन्द्र बहादुर कामी रहेका छन् ।

त्यसैगरि घाईतेहुनेहरुमा कपिलवस्तु वाणगङ्काका पिताम्बर रेग्मी, गुल्मी चन्द्रकोटकी रिया सुबेदी, गुल्मी सत्यवती छ खैरेनीका छबिलाल ढकाल, नवलबरासी बर्दघाटका अम्मरे कामी, सत्यवती गुल्मी खैरेनीका पुजन ढकाल, बागलुङ ढोरपाटन १ का टेकबहादुर रसाईली, रौतहट बिरेन्द्रवनका संजय कुमार ठाकुर, म्याग्दी रुमका ४ वर्षिय विश्वास रोका र सुमित्रा रोका तथा देवदह ७ का खडक बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

२२ जना यात्रु सहित आईरहेको बसबाट १६ जनाको उद्दार गरि उपचारका लागि तानेसन पठाईएको र मृतक ५ जनाको शव जिल्ला अस्पतालको शवगृहमा राखिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १० : ४४ बजे

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं । काठमाडौं उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरुले नदी

समानुपातिकको बन्दसूची सच्याउन आयोगद्वारा दलका प्रतिनिधिसँग छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्युपछि सुनसरीको लौकहीबजार तनावग्रस्त

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीबजार क्षेत्रमा तनाव उत्पन्न

दुई वर्षमा बन्नुपर्ने वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन

चितवन । पवित्र धार्मिक तीर्थस्थल वाल्मीकि आश्रम पुग्ने झोलुङ्गे पुल

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा