४ चैत्र २०८२, बुधबार | March 18, 2026

राप्रपा बैठकका अजेन्डा: निर्वाचनमा तालमेलदेखि तेस्रो चरणका आन्दोलनसम्म



काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी देखी तेस्रो चरणका आन्दोलनको मोडालिटी लगायत विषयमा छलफल गर्नका लागि बैठक बोलाईएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘संघीय र प्रदेशसभा निर्वाचनको तयारी देखी तेस्रो चरणको आन्दोलनको मोडालिटीका बारेमा बैठकका अजेन्डा रहेका छन,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि विभिन्न समितिहरु पनि यसै बैठकवाट निमार्ण हुनेछन ।’

२२ बुदेँ माग राखेर गत असार ३१ सम्म भएको पहिलो चरणको आन्दोलन, ११ साउन देखी ३१ साउन सम्म भएको दोस्रो चरणको आन्दोलन समापन हुने गईरहेको अवस्थामा तेस्रो चरणको आन्दोलन तयारीका लागि मोडालिटीका बारेमा छलफल हुने छ । ‘तेस्रो चरणको आन्दोलन भने काठमाडौं केन्द्रित हुनेछ,’ श्रेष्ठले भने ।

बैठकमा अध्यक्ष लिङदेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटघाट र निर्वाचनका लागि अन्य राजनीतिक दलसँग तालमेलको बिषयमा पनि छलफल हुने बुझिएको छ ।

बैठक मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ४७ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी