२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

राप्रपा बैठकका अजेन्डा: निर्वाचनमा तालमेलदेखि तेस्रो चरणका आन्दोलनसम्म



काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी देखी तेस्रो चरणका आन्दोलनको मोडालिटी लगायत विषयमा छलफल गर्नका लागि बैठक बोलाईएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘संघीय र प्रदेशसभा निर्वाचनको तयारी देखी तेस्रो चरणको आन्दोलनको मोडालिटीका बारेमा बैठकका अजेन्डा रहेका छन,’ श्रेष्ठले भने, ‘निर्वाचन प्रयोजनका लागि विभिन्न समितिहरु पनि यसै बैठकवाट निमार्ण हुनेछन ।’

२२ बुदेँ माग राखेर गत असार ३१ सम्म भएको पहिलो चरणको आन्दोलन, ११ साउन देखी ३१ साउन सम्म भएको दोस्रो चरणको आन्दोलन समापन हुने गईरहेको अवस्थामा तेस्रो चरणको आन्दोलन तयारीका लागि मोडालिटीका बारेमा छलफल हुने छ । ‘तेस्रो चरणको आन्दोलन भने काठमाडौं केन्द्रित हुनेछ,’ श्रेष्ठले भने ।

बैठकमा अध्यक्ष लिङदेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटघाट र निर्वाचनका लागि अन्य राजनीतिक दलसँग तालमेलको बिषयमा पनि छलफल हुने बुझिएको छ ।

बैठक मध्यान्ह १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ४७ बजे

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका