१ आश्विन २०८३, बिहिबार | September 18, 2026

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : केपी ओली



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान नहुने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महिला आन्दोलन विकृतितर्फ जान लागेकालाई रोक्न पार्टीका महिलापंक्तिलाई आग्रह गरेका हुन् ।

महिला जागरण र महिला सशक्तीकरणलाई गलतरुपमा व्याख्या गर्न नहुने बताएका उनले राजनीतिमा महिलाको संख्या धेरै हुनुपर्नेमा जोड दिए ।

महिलाहरूले राजनीति नगरे आधा समाज पछाडि पर्ने बताउँदै अध्यक्ष ओलीले महिलालाई राजनीतिमा आउन हौसाए । महिलाले राजनीति नगरे आधा समाजले राजनीति नगर्ने उनको भनाइ छ ।

राजनीतिप्रति घृणा गर्नु भनेको देश बनाउने कुरालाई घृणा गर्नु रहेको भन्दै उनले राजनीति देश बनाउने र जनताको समस्या समाधान गर्दै समृद्धि गर्ने विषय रहेको दाबी गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ४५ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा