२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली



काठमाडौं । प्रतिनिधिसभामा नागरिकता सम्बन्धि बिधेयकमाथि छलफल जारी रहँदा नेकपा एमालेका अध्यक्ष केपी ओली भने गृह जिल्ला झापा पुगेका छन् । संसदमै प्रमुख विपक्षिको हैसियतले बिधेयकको विपक्षमा शसक्त आवाज उठाउने अपेक्षा गरिएका बेला अध्यक्ष ओली झापा पुगेका हुन् । बैठकमा बिधेयकलाई कार्यसूचीमा राखेको सूचना प्रकाशित भए लगत्तै ओली झापा तर्फ लागेका हुन् । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ ।

त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ ।

बिहीबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि आजै नागरिकता विधेयक पारित गर्ने तयारी छ । नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् ।

पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १२ : ४१ बजे

बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी, ढाई करोड बढीको क्षति

बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ ।

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष