२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गठबन्धनमा शंका पैदा नहुने गरी मतदान गर्न कांग्रेस नेता कार्यकर्तालाई देउवाको आग्रह



पोखरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

सभापति देउवाले गठबन्धनको पक्षमा मत हाल्न कांग्रेस कार्यकर्तालाई आग्रह पनि गरेका छन्।

सत्ता गठबन्धनले शुक्रबार पोखरामा गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा शंका उपशंका उब्जिने गरी कुनै काम नगरी इमान्दारिताका साथ मतदान गर्न आग्रह गरेका हुन् । उनले गठबन्धन आजको आवश्यकता भएको पनि बताए । द्ेउवाले अहिले कुनै पार्टीको बहुमत आउन नसक्ने भएको जिकिर गर्दै पार्टीहरू मिल्नुपरेको बताए । फरक राजनीतिक दर्शन बोकेका माओवादी अध्यक्ष प्रचण्ड र आफूबीच सहमति भइसकेका कारण कार्यकर्ता पंक्ति बीच झन मिलन हुनुपर्ने उनको भनाइ थियो ।

देउवाले गठबन्धनलाई कायमै राख्दा सबैको पालो आउने विश्वास समेत दिलाए । उनले भने ‘गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  २ : ४६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष