४ पुस २०८२, शुक्रबार | December 19, 2025

दाङ निर्वाचन क्षेत्र न १ र २ मा गठबन्धनको अग्रता



देउखुरी । दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ६९ मत प्राप्त गरेकी छिन । स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गरेको प्रदेश १ निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा दाङ क्षेत्र नं २ को दिउँसो ४ बजेसम्मको दुई हजार सात सय ८० मतगणना गर्दा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले एक हजार चार सय ५० मतसहित अग्रता लिएका छन ।

उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार एवं महासचिव शङ्कर पोखरेलले आठ सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले दुई सय ८१ मत प्राप्त गरेका छन ।

अहिले घोराही उपमहानगरपालिका-१५ र १९ तथा बङ्गलाचुली गाउँपालिका-२, ५ र ८ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको