३१ श्रावण २०८३, आइतबार | August 16, 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउँदै



बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १८ औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । यही मंसिर १२ गतेदेखि १७ गतेसम्म विभिन्न गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

स्थापना दिवस बारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले लसम्बिनीको मायादेवि मन्दिरमा विश्वशान्तिको प्रार्थना (मोन्लाम) गरेर सप्ताहको सुरुवात हुने बताएका छन् । मंसिर १२ गते सप्ताहको पहिलो दिन प्रार्थनासँगै महायोगी विद्याधर आचार्य श्रीधर राणा रिम्पोच्छेको उपस्थितमा करिब २ सय जना बोद्ध अनुयायी सहभागी हुने गरि प्रवचन कार्यक्रम हुने बताइएको छ ।

स्थापना दिवसक अंन्दर्भमा मंसिर ९ गतेदेखि नै खेल सप्ताह जारी रहेको जानकारी गराउँदै विश्वविद्यालयमा रक्तदान, बृहत् सरसफाई कार्यक्रम, इजरायली राजदूतको उपस्थितीमा देवदह गुरुयोजना अवलोकन तथा अन्तरक्रिया लगायतका कार्यक्रम तय।गरिएको छ । मंसिर १४ गते स्थापना दसवसको मूल समारोह आयोजना गर्नुका साथै मंसिर १५ गते पुरस्कार वितरण, १६ गते मोन्लाम तथा विश्वशान्तिको पूजा तथा १७ गते गुह्यसमाजतन्त्र विषयमा प्रवचन कार्यक्रम रहेको छ ।

प्रथम बौद्ध शिखर सम्मेलनको अवधारणापछि २०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयले ०६७ बाट विद्यावारिधिबाट शैक्षिक कार्यक्रम शुरु गरेको थियो । विद्यावारिधिपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सन्चालन गरेको छ भने ०७० सालदेखि लुम्बिनी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । ०७४ सालदेखि बुटबलमा ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयमा अधयापन शुरु गरेको  विद्यालयले ०७६ सालदेखि बुटवलमा बिएएलएलबी कार्यक्रम सञ्चालन गरेको छ । यसैगरी ०७८ देखि विकास अध्ययन तथा प्रायोगिक

विज्ञान संकायअन्तर्गत देवदहमा स्नातकोत्तर तहका तीन कार्यक्रम सञ्चालनमा छन् ।

विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि देवदहमा ९२ बिगाहा जमिन नेपाल सरकारबाट प्राप्त भएको र सो जमिनमा गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधारको प्रक्रिया थालिएको रजिष्टार आचार्यले बताए । यसैगरी बुटवल-१२ नयाँगाउँमा करिव ६ विगाहा जमिनमा क्याम्पसका पूर्वाधार निर्माण भइरहेका बताए ।

यस विद्यालयमा १ हजार ५ सय बढी विद्यार्थी रहेका छन् भने विद्यावारिधिका लागि १३ जना र स्नातकोत्तरमा ९ जना विदेशी विद्यार्थीहरु समेत अध्ययनका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ५ : ०८ बजे

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई

रोल्पाको लुङग्रीमा गएको पहिरोमा पुरिँदा एक जनाको मृत्यु

रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा