३१ श्रावण २०८३, आइतबार | August 16, 2026

लुम्बिनी प्रदेशको राजधानी कार्यान्वयनमा सहयोग गर्न मुख्यमन्त्री केसीको आग्रह



भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका आग्रह गरेका छन् । उनले प्रदेशसभाले गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि सहयोग गर्न सबै पक्षसँग अपिल गरेका हुन् ।

“वि.स २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेशसभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । अहिले त्यसलाई कार्यान्वयमात्रै गरेको हो, हाल सरकारले निर्णयलाई अक्षरसः पालना मात्रै गरेको हो ।”मुख्यमन्त्री केसीले भनेका छन् ।

उनले लुम्बिनी प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेबार भएर कार्यन्वय गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधी, सरोकारवाला लाग्नका लागि अनुरोध गरे ।

केसीले आफ्नो कार्यकालमा प्रदेश राजधानी कार्यान्वयनलाई एउटा गौरवको आयोजनाको रुपमा अगाडि बढाएको पनि दाबी गरे । उनले प्रदेशको राजनीनी नेपालको सबैभन्दा नमूना योग्य बनाउने प्रतिवद्धता व्यक्त गर्दै लुम्बिनी प्रदेशको राजाधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने बताए।

प्रदेशसभा सदस्यबाट त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मदतान गरेका थिए। नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसले बुटवलकै पक्षमा लगाएको ह्वीपबिरुद्ध दाङका चार कांग्रेसी सांसदले पनि पक्षमा मतदान गरेका थिए ।

मुख्यमन्त्री केसीले राजधानी सारेको भनेर प्रदेशबासी जनताको मनो विज्ञानमा विभाजन ल्याउनु भन्दा पनि त्यसलाई कार्यन्वय गरेको भनेर बुझ्न पनि आग्रह गरे ।

 

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १० : ०७ बजे

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ

‘आवाराहरुको अध्यक्षलाई चाँही के भन्ने ?’ झपट रावलको ओलीलाई कडा प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी । कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका