१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

रातारात सारिएको प्रदेश राजधानीमा मुख्यमन्त्रीले देखे असुरक्षा, मुख्यमन्त्री र मन्त्रीहरुको सुरक्षा गर्न सुरक्षा निकायलाई निर्देशन



भालुवाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको राजधानी सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । प्रदेश राजधानी भालुवाङमा बसेको सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले राजधानीको सुरक्षामा ध्यान दिन निर्देशन दिएका हुन् ।

संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले राजधानी तत्काल सार्न नदिने घोषणा गरिरहेकै बेला मुख्यमन्त्री केसीले सुरक्षा निकायलाई राजधानी सुरक्षाका लागि निर्देशन दिएका छन् ।

उनले लुम्बिनी प्रदेशको राजधानी सुरक्षाको दृष्टिले निकै सम्वेदनशील भएको बताउँदै राजधानी सुरक्षाका लागि सिसी क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्रीहरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउनको लागि निर्देशन दिए ।

मुख्यमन्त्री केसीले यो राजधानी कार्यन्वयको लागि सबै सुरक्षा निकायले आफ्नो आफ्नो टिमबाट अगाडि बढाउनु पर्ने पनि बताए ।

बैठकमा आन्तरिक मामिला, कानून एवं सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालयले तयारी गरेको जनाए ।

सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारी साधानको गति व्यवस्थापन, झण्डा उत्तोलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थान मिलाउने पनि निर्णय गरेको छ । बैठकमा नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआइजी नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी वलका विन्धवासी मुख्यालयको राजसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुवर लगायतको सहभागीता भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ९ : ३२ बजे

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : नेकपा उपनेता हमाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले

रामबहादुर थापाको आरोप, – ‘बालेन्द्र सरकार फाँसीवादी बाटोमा’

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले

म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

काठमाडौं । गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा खटिएका निर्वाचन

तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य