३ पुस २०८२, बिहिबार | December 18, 2025

सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित



काठमाडौं। सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट चिकित्सकको कुटिएको विरोधमा आइतबार आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्ता पछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

वार्तापछि संघका अध्यक्ष डा. लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोली संयोजक डा गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेको सहमतिअनुसार संघले अगाडि सारेका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्काल स्थगित गर्ने उल्लेख छ ।

साथै चिकित्सकलाई कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : २५ बजे

रवि र छवि विरुद्धको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ