५ भदौ २०८३, शुक्रबार | August 21, 2026

कुशल र दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा स्कटल्याण्डमाथि नेपालको जित



काठमाडौं । काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो। नेपाललाई विजयी बनाउन कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेका छन् । स्कटल्यान्डले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ३ विकेटले विजयी भएको हो ।

सुरुवाती ब्याटिङमा एक पछि अर्को विकेट गुमाएको नेपाललाई मध्यक्रममा पुगेपछि मल्ल र ऐरीले कुशलतापूर्व सम्हालेका थिए । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाउँदा कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए ।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपाललाई स्कटल्यान्डले ५० ओभरमा २७४ रनको लक्ष्य दिएको थियो । स्कटल्यान्डका लागि मिकेल लेस्कले शतक प्रहार गरेका थिए। लेस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ४ : ५५ बजे

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा

कांग्रेस महाधिवेशन रोक्न देउवा-खड्का सर्वोच्चमा, अन्तरिम आदेश माग

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै

शंखमुलको होस्टलमा युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा परिचय खुल्ने प्रमाणपत्र अनिवार्य

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न