२५ असार २०८३, बिहिबार | July 9, 2026

संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान हो – सभामुख घिमिरे



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जातजातिको धर्म, संस्कार र संस्कृतिको सम्मान गर्नु नेपालीको पहिचान भएको बताएका छन ।

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको नयाँ वर्ष (ग्याल्पो ल्होसार)का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्दै उनले सो कुरा व्यक्त गरेका हुन ।

“संविधानले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको छ”, यस पर्वले नेपालीका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ ।

ग्याल्पो ल्होसार पर्वले नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने उनको कामना छ ।

सभाुमख घिमिरेले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग रहेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेको बताएका छन । नेपाली बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिकरूपमा रहेका र विविधतायुक्त हाम्रो समाज नेपालको संविधानमा देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : ३७ बजे

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल