२७ असार २०८३, शनिबार | July 11, 2026

पाँचौ राष्ट्रिय सैनामैना महोत्सव भोलिदेखि सुरु हुँदैछ



सैनामैना । पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सवको तयारी पुरा भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित वुधवारदेखि सुरु हुने महोत्सवको तयारी पुरा भएको मंगलवार आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

सैनामैना व्यापार संघको आयोजनामा वुधवारदेखि सुरु हुने मेलाको लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी दिए ।

फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको संयोजक पौडेलले बताए ।
वुधवार पूर्वबाट रानिबगिया र पश्चिम मुर्गियाबाट जनचेतनामुलक र्यालीसहित मेलाको समुद्घाटन हुनेछ । स्टल व्यवस्थापन समितीका संयोजक देवीदत्त सुबेदीका अनुसार मेलामा करिब १ सय ५० स्टल रहनेछन् । सैनामैना २ कालिकाचोक मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै मेला विहान १० बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा सैनामैनाको विविधता झल्काउने झाँकीसहितको बृहत शोभायात्रा, सैनामैनाका आदिवासीहरुको रहन सहन, भेषभुषाको प्रर्दशनी, स्थानिय, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय उत्पादित वस्तु तथा सेवाहरुको व्यापार, पाँचौ सैनामैना डान्सिङ्ग आइडल, नगरस्तरीय खुल्ला लोक गीत प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कृषि सामाग्री प्रदर्शन, हस्तकला प्रदर्शनी, संस्कृतिको प्रबद्र्धन लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेलाका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले जानकारी दिए । प्रचार प्रसार व्यवस्थापन समितिका संयोजक गोबिन्द पोखरेलले कृषि स्टलका लागि निःशुल्क गरिएको बताए ।

मेला प्रवेशका लागि टिकटको दर रु.७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु.५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
मेला सचिवालय स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलन संघका कार्यवाहक अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षता, सैनामैना नगरपालिका पूर्व नगर प्रमुख चित्र बहादुर कार्की, पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल लगायतको आतिथ्यतामा भएको हो । पत्रकार सम्मेलन प्रचार प्रसार व्यवस्थापन समितिका संयोजक गोबिन्द पोखरेलको सञ्चालनमा सम्पन्न भएको हो ।

मेला सैनामैना व्यापार संघ र सैनामैना उद्योग वाणिज्य संघले आलोपालो आयोजना गर्ने सहमति अनुसार यस वर्ष सैनामैना व्यापार संघले आयोजना गर्न लागेको हो ।

महोत्सवको सैनामैना उद्योग बाणिज्य संघ सैनामैना, रुपन्देही सह – आयोजक, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्विनी प्रदेश र सैनामैना नगरपालिका प्रबद्र्धक तथा नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेश संरक्षकको रुपमा रहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : ३९ बजे

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्