१६ बैशाख २०८१, आइतबार | April 28, 2024

लियो र लायन्सद्वारा रक्तदान सम्पन्न



बुटवल । विभिन्न लायन्स क्लब र लियो क्लब बुटवल स्टार्सको संयुक्ता आयोजनामा शनिबार बुटवलमा रक्तदान सम्पन्न भएको छ । अफ बुटवल स्टार्स, लायन्स क्लब अफ डायनामिक लेडिज, लायन्स क्लब बुटवल संसार, लायन्स क्लब अफ बुटवल साइन, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटी, लायन्स क्लब अफ बुटवल फोलोरेन्स, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा रक्तदान भएको हो ।

बुटवल देविनगर स्थित लुम्बिनी वाणिज्य क्यापसमा आयोजना गरिएको कार्यक्रममा बुटवल रक्तसंचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो । नवनिर्वाचीत अध्यक्ष रिन्कु लिगलले पहिलो दिनमा रक्तदान गरेर सामाजिक कामको सुरुवात गरेका छन् । अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने रिन्कु लिगलले बताए ।

कार्यक्रममा ८६ जनाले रक्तादान गरेको संयोजक नविन पन्थीले जानकारी दिए । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर अर्जुनमान सौजुले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको बताए । विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंसा गरे ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि द्वितीय भाइस गर्भनर बालाराम भट्टराई, डिष्ट्रिक एलसिआईएफ कोडिनेटर तथा पूर्व अध्यक्ष संन्दिप कसौधन, सिनीयर डिष्ट्रिक एडभाइजर तथा पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, डिष्ट्रिक चिफ तथा पूर्व अध्यक्ष एम।एल पाण्डे लगाएतले बोलेका थिए ।

लायन्स क्लब अफ डायनामिक लेडिजका अध्यक्ष प्रिया पाठक, लायन्स क्लब बुटवल संसार अध्यक्ष राजु पौडेल, लायन्स क्लब अफ बुटवल साइन अध्यक्ष गौरी न्यौपाने, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि अध्यक्ष सागर शर्मा, लायन्स क्लब अफ बुटवल फोलोरेन्स अध्यक्ष शान्ती भन्डारी, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट अध्यक्ष बिष्णु खनाल र लियो क्लब बुटवल स्टार्स अध्यक्ष अजय महतो लगाएत आफ्नो धारण राखेका थिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०३ बजे

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा