२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

लियो र लायन्सद्वारा रक्तदान सम्पन्न



बुटवल । विभिन्न लायन्स क्लब र लियो क्लब बुटवल स्टार्सको संयुक्ता आयोजनामा शनिबार बुटवलमा रक्तदान सम्पन्न भएको छ । अफ बुटवल स्टार्स, लायन्स क्लब अफ डायनामिक लेडिज, लायन्स क्लब बुटवल संसार, लायन्स क्लब अफ बुटवल साइन, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटी, लायन्स क्लब अफ बुटवल फोलोरेन्स, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा रक्तदान भएको हो ।

बुटवल देविनगर स्थित लुम्बिनी वाणिज्य क्यापसमा आयोजना गरिएको कार्यक्रममा बुटवल रक्तसंचार केन्द्रले प्राविधिक सहयोग गरेको थियो । नवनिर्वाचीत अध्यक्ष रिन्कु लिगलले पहिलो दिनमा रक्तदान गरेर सामाजिक कामको सुरुवात गरेका छन् । अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने रिन्कु लिगलले बताए ।

कार्यक्रममा ८६ जनाले रक्तादान गरेको संयोजक नविन पन्थीले जानकारी दिए । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर अर्जुनमान सौजुले लायन्स स्टार्सले नाम जस्तै काम पनि गरेको बताए । विभिन्न समयमा समाजिक क्षेत्रमा महत्वपूर्ण र अनुकरणीय काम गर्दै सेवा गरेकोमा प्रशंसा गरे ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि द्वितीय भाइस गर्भनर बालाराम भट्टराई, डिष्ट्रिक एलसिआईएफ कोडिनेटर तथा पूर्व अध्यक्ष संन्दिप कसौधन, सिनीयर डिष्ट्रिक एडभाइजर तथा पूर्व अध्यक्ष आशिष कृष्ण श्रेष्ठ, डिष्ट्रिक चिफ तथा पूर्व अध्यक्ष एम।एल पाण्डे लगाएतले बोलेका थिए ।

लायन्स क्लब अफ डायनामिक लेडिजका अध्यक्ष प्रिया पाठक, लायन्स क्लब बुटवल संसार अध्यक्ष राजु पौडेल, लायन्स क्लब अफ बुटवल साइन अध्यक्ष गौरी न्यौपाने, लायन्स क्लब अफ बुटवल स्मार्ट सिटि अध्यक्ष सागर शर्मा, लायन्स क्लब अफ बुटवल फोलोरेन्स अध्यक्ष शान्ती भन्डारी, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट अध्यक्ष बिष्णु खनाल र लियो क्लब बुटवल स्टार्स अध्यक्ष अजय महतो लगाएत आफ्नो धारण राखेका थिए ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ८ : ०३ बजे

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री