५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

सिटिजन्स बैंकका थप १० जना कर्मचारी फरार



काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका थप १० कर्मचारी फरार भएका छन् । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले सिटिजन्स बैंकको बुटवल क्षेत्रमा कार्यरत ६ जना कर्मचारीलाई सोमबार साँझ पक्राउ गरेको थियो ।

उनीहरू सिटिजन्स बैंकको बुटवल क्षेत्रका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बुटवल शाखाका मनिष मास्के र खिमानन्द गौतम, मनिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाबाट कल्पना खत्री र प्रतिक्षा रेग्मी, तथा मुद्दा शाखामा कार्यरत दिपक विष्ट रहेका छन् । उनीहरू पक्राउ परेसँगै थप १० जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ ।

फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना रहेका छन् । प्रहरीका अनुसार उनीहरूले भारतका विभिन्न विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र लिएको र उक्त शैक्षिक प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट समकक्षताको प्रमाणपत्र लिँदा किर्ते गरेको खुलेको थियो ।

त्यो बाहेक शैक्षिक प्रमाणपत्रसमेत नक्कली भएको आशंका प्रहरीले गरेको छ । प्रहरीले शैक्षिक प्रमाणपत्रबारेसमेत अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : २२ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया