१७ माघ २०८२, शनिबार | February 1, 2026

भैरहवा भन्सारमा प्लास्टिकको दानाको बिजकबाट भित्राईँदै गरेको २ करोड बढीको कपडा, काजु र किसमिस बरामद



बुटवल । भैरहवा भन्सार कार्यालयबाट प्लाष्टिकका दानाको बिजकबाट नेपाल भित्र्याउन लागिएको दुईवटा ट्रकमा ठुलो परिमाणमा कपडा, काजु, किसमिसलगायत सामान फेला परेको छ । भारतीय कस्टमबाट प्लाष्टिकका दानाको बिजक ईन्ट्रि गरेर भैरहवा भन्सार कार्यालय परिषरमा प्रवेश गरेको दईवटा ट्रकमा कपडा, काजु र किसमिस लगायतको सामान फेला परेको हो ।

भारतबाट प्लाष्टिकका दानाको बिजक पेश गरेर भन्सार गर्ने प्रक्रियामा दुईवटा ट्रक चेक जाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडलले जानकारी दिए । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनिए पनि भौतिक चेकजाँचका क्रममा दुईवटै ट्रकमा ठूलो परिमाणमा कपडा, काजु, किसमिस लगायतका खाद्य सामग्री फेला परेको उनले बताए ।

ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिषरबाटै नियन्त्रणमा लिई चेकजांच गरिएको भन्सार कार्यालयले जनाएको छ । ट्रक नियन्त्रणमा लिँदा ट्रकमा चालक र सहचालक नभेटिएको भन्सार प्रमुख पौडेलले बताए ।

जयमा ट्रेडर्स र चितवन ह्याचरीको नाममा बिजक बनाएर भन्सारमा प्रवेश गराईएपनि ति र्फमहरु एक्टिभ नभएको पौडेलले बताए । तस्करहरुले निश्क्रिय अवस्थामा रहेका फर्मको नाम प्रयोग गरेर सामान भित्राउन खोजेको देखिन्छ, भन्सार प्रमुख पौडेलले भने ।

शुक्रबार गरिएको प्रारम्भिक जाँचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकमा करिब २ करोड बराबरको रहेको अनुमान गरिएको छ । ठुलो परिमाणमा कपडा र त्यससँगै काजु, किसमिस र अन्य खाद्य सामाग्रीहरु रहेको भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ३ : १२ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले