बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गणतन्त्र स्थापनामा बुटवलको ठूलो भूमिका रहेको बताएका छन् ।
बुटवलमा आज आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले राजनीतिक परिवर्तन भन्दा आर्थिक र साँस्कृतिक क्रान्ति धेरै जटिल रहेको बताए ।
नेपालले समानताको लागि मोर्चा गठन भएको जानकारी गराए ।
मोर्चा आवद्ध दलबाट सरकारमा गएकाहरू भ्रष्टाचार मुक्त हुन दलहरूले निर्देशन दिनुपर्ने उनले बताए ।
संसद र जनताको मोर्चामा यो मोर्चा आवद्ध दलहरू सक्रिय हुन अध्यक्ष नेपालले आग्रह गरे ।



















प्रतिक्रिया