३० बैशाख २०८१, आइतबार | May 12, 2024

प्रचण्डको सुशासनको संकेतबाट केही तत्व त्रसित भएका छन् : नेकपा महासचिव विप्लव



बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘ले समाजवादी मोर्चा नौलो प्रकारको जमघट भएको बताएका छन् । मोर्चामा संघर्षमा रहेको शक्ति र सत्तामा रहेको शक्ति एकै स्थानमा रहेको बिषयमा जनतामा अन्यौलता रहेको उल्लेख गर्दै यो मोर्चा नै नेपालको नौलो प्रयोग रहेको र क्रान्तिको नयाँ रूप भएको बताए ।

संसारबाट कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने षडयन्त्रलाई चिर्न वस्तुगत आवश्यकतालाई महसुस गर्दै मोर्चा गठन भएको उनले बताए । बरबादी र निरासाले नयाँ उभार आउने बताउँदै उनले निरास नबन्न युवाहरूलाई आग्रह गरे ।

‘मोर्चा बनाउन प्रचण्डले ठूलो रिस्क मोल्नु भएको छ,’ उनले भने, ‘मोर्चामा रहेका शक्ति नै नेपालको परिवर्तनका बाहक हुन् ।’

अन्तरास्ट्रिय चलखेलले सत्ता अहिले पनि दलाल पुँजिपतीले कब्जा गरिरहेको उनले बताए । नेताहरूलाई असफल देखाउन अहिलेपनि दलाल नोकरशाही शक्ति सक्रिय रहेको विप्लवको आरोप छ । दलाल तत्वहरूले माओवादीलाई हत्याराकारूपमा चित्रण गरेको बताउँदै तीनै तत्वले नेपाललाई स्वाधिन बन्न नसक्ने योजना बनाउने गरेको उनले बताए ।

विभिन्न बिकासे योजनाका बहानामा देशलाई पराधिन बनाउने षड्यन्त्र भईरहेको उनले बताए । प्रचण्डलाई सरकारबाट दलाल पुँजिवादीहरुको षडयन्त्र चिर्न आह्वान गर्दै उनले आफुहरूले सडकबाट षडयन्त्र विरूद्ध लड्ने प्रतिवद्धता ब्यक्त गरे ।

एमसीसीको बजेट नेपाल जस्तै देशका जनताको खुन पसिनाबाट जम्मा भएको भन्दै उनले नेपालले पठाएको १२ बुँदे सुझाव कार्यान्वयन नगरिए त्यस विरूद्ध आन्दोलन गर्ने चेतावनी दिए । साम्राज्यवादीहरू आफै नेपाललाई गरिव बनाउने र आफै गरिव भनेर हेप्ने गरेको उनले बताए ।

प्रचण्डको सुशासनको संकेतबाट केही तत्व त्रसित भएको बताउँदै प्रचण्डले जस्तै अरूले सुशासन देखाएको भए स्टाचु बनाउने कुरा हुने उनले बताए ।

 

 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ५ : १५ बजे

संसदीय समिति बनाउन प्रधानमन्त्री सकरात्मक हुनुहुन्छ- कांग्रेस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको

भरतपुरमा अज्ञात समूहले स्कुल बसमा आगजनी

चितवन ।  चितवनको भरतपुरमा विद्यार्थी लिन गएको स्माल हेभन स्कुल

तिलोत्तमाको शंकनगरचोकमा स्कुटर ठोक्किंदा २ जना घाइते, एकको अवस्था गम्भीर

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ शंकरनगरचोकमा दुई स्कुटी एक

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन