१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

तीनदिनसम्म शोक मनाउने र पार्टीको झण्डा आधा झुकाउने एमालेको निर्णय



काठमाडौं। नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पार्टीका सबै गतिविधि बन्द गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको हो ।

बैठकमा नेम्वाङ बस्ने कुर्चीमा उनको स्मरण गर्दै फूलको माला राखिएको थियो । बैठक सुरु हुनुअघि उनको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । बैठकले नेम्वाङको अप्रत्यासित निधनमा दुस्ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले बताए ।

तीनदिनसम्म देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि बैठकले गरेको छ । असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभाको आयोजना हुनेछ ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  १२ : ३६ बजे

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान