१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले मुलुकको स्वाभिमान रक्षाका लागि निरङ्कुश शासनको अन्त्य गर्ने सङ्कल्पका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको बताए । पछिल्लो समय कम्युनिष्टमा सत्ता मोह देखिका कारण देश विकासको भावनामा कमी आएकाले त्यो कमजोरी सच्याउनपर्नेमा अध्यक्ष नेपालको जोड थियोे ।

मुलुकमा विद्यमान गरिबी पछौटेपनको न्यूनीकरणका लागि औद्योगीकरणको खाँचो औँल्याउँदै उनले त्यसका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निमार्णले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विचार व्यक्त गरे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताए ।

सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन राजनीतिक नेतृत्वमा दूरगामी दृष्टिकोण आवश्यक रहेको उनले बताए । लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको भन्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

महासचिव घनश्याम भुसालले उद्यमीले गर्ने लगानीको प्रतिफल सुनिश्चित गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताउँदै त्यसले राष्ट्रिय उत्पादन र पूँजी सञ्चयमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गरे । बागमती प्रदेशका कृषि तथा पशुपन्क्षीमन्त्री राजेन्द्रमान श्रेष्ठले आयात न्यूनीकरण गर्न निर्यातमुखी उद्योगलाई भन्सार तथा अनुदानमा सहुलियत दिइने प्रतिबद्धता व्यक्त गरे ।

महाधिवेशनले लंक केसीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : ०५ बजे

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म

दीपेन्द्रको शतकमा नेपालद्वारा यूएईसामु २९० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र संयुक्त