काठमाडौं । तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई सरकारी क्यालेन्डरमा समावेश गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले त्यसलाई तत्काल सच्चाउनुपर्ने मागसमेत गरेका छन् ।
‘हिंसा सुरुवात गरेको दिनलाई क्यालेन्डरमा राखिएको छ, राष्ट्रिय विदा भनेर, यो क्याबिनेटबाट तत्काल फिर्ता लिनुपर्छ, उनले संसदमा भने, ‘यो सच्याउने काम तुरुन्त गरिनुपर्छ, क्लियर भाषामा भनेको छु, यो स्वीकार्य छैन, यदि फिर्ता लिनु हुन्न भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं ।’
ओलीका अनुसार माओवादीले सशष्त्र सुरू गरेको दिन फागुन १ लाइ राष्ट्रिय दिवसको रूपमा क्यालेन्डरमा राखेको छ ।



















प्रतिक्रिया