२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

जनतालाई जागृत बनाउन मेची–महाकाली अभियान : माधव नेपाल



बुटवल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको मेची–महाकाली जागरण अभियानले जनतालाई जागृत बनाएको दाबी गरेका छन् ।

जागरण अभियानले देशव्यापी रूपमा जनतामा उत्साह थपिएको बताउँदै अध्यक्ष नेपालले पार्टीको जागरण अभियानको मुख्य उद्देश्य जनताका मुद्दा सम्बोधनमा सघाउनु भएको बताए ।

भैरहवामा आज आयोजित जनसभामा नेता नेपालले जनताको जीवनस्तर सुधार गर्ने सङ्कल्पका साथ अभियान थालिएको उल्लेख गर्दै बेरोजगारी समस्या समाधान गर्न कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

महासचिव घनश्याम भुसालले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिए पनि मुख्य समस्याका रूपमा गरिबी रहेको उल्लेख गर्दै गरिबी र बेरोजगारी उन्मूलन गर्नु पार्टीको मुख्य कार्यभार भएको बताए ।

उपमहासचिव विजय पौडेलले सबल एवं सशक्त समाजवादी पार्टी निर्माणका लागि मेची–महाकाली अभियान सुरू गरिएको स्पष्ट पारे ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १० : ४६ बजे

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक

काठमाडौं । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा पस्मिना निर्यात

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले