३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

नमस्ते एकेडेमीबाट मलेसिया र श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान



बुटवल । रुपन्देहीको तिलोत्तमा-१४ मा अवस्थित नमस्ते एकेडेमीले मलेसिया र श्रीलंकामा पुगेर कराँते प्रतियोगिताको विभिन्न विधाका पदक विजेताहरुलाई शुक्रबार सम्मान गरेको छ ।

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले एकेडेमीबाट प्रतिनिधित्व गर्दै मलेसिया र श्रीलङ्गामा गएर स्वर्ण पदक, रजत र कास्य पदक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरे ।

सो अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले शिक्षा र बालबालिकाको सर्वाङ्गिर्ण विकासका लागि खेलकूद पनि महत्वपूर्ण रहेको उल्लेख गरे । बौद्धिकसँगै शारिक बिकास र त्यसको शिक्षा आवश्यक पर्ने बताउँदै उनले व्यवहारिक शिक्षामा जोड दिए । नारा र भाषणले मात्रै मुलुकमा समृद्धि हासिल गर्न नसकिने दाबी गर्दै शेरचनले युवाहरुलाई व्यवहारिक र वैज्ञानिक शिक्षा प्रदान गरी रोजगार सिर्जना र आर्थिक समृद्धिमा अघि बढ्नुपर्ने बताए ।

नमस्ते एकेडेमीबाट सहभागी विद्यार्थीले श्रीलङ्काको राजधानी कोलम्बोमा सम्पन्न १० औं अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित पाँच राष्ट्रलाई पछि पार्दै ३ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । बन्दरागमन अन्तर्राष्ट्रिय इन्डोर स्टेडियममा भएको खेलमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिब्सका खेलाडीहरुको सहभागिता रहेको थियो ।

एकेडेमीका विद्यार्थीहरु देवकुमार शाहले कुमिते विधामा एक स्वर्ण र काँता विधामा १ रजत तथा बेद जैसवाल र अन्स चौधरीेले कुमिते बिधामा स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । त्यसै गरी आइलेसजङ्ग थापाले रजत पदक र नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर कुमालले कास्य पदक प्राप्त गरेका थिए । एकेडेमीबाट सहभागी ७ जना विद्यार्थीले विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाल र नेपालीको नाम दक्षिण यसियामा चम्काउन सफल भएको टिम व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

नमस्ते एकेडेमीले यसअघि २०२२ मा श्रीलंका र २०२३ मा मलेसिया गएर खेल खेलेर च्याम्पियन हुँदै ट्रफि लिएर आएको थियो । उक्त प्रतियोगिताहरुमा पदक विजेता विद्यार्थीलाई समेत शुक्रबार सम्मान गरिएको थियो । ब्रिटिस एजुकेशन ग्रुपका स्कूल हेड अरुण कंडेलको अध्यक्षता तथा एकेडेमीका सह प्राचार्य लिलामणी पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ५ : ४० बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा