७ श्रावण २०८३, बिहिबार | July 23, 2026

दिनदहाडै मोबाईल लुट्ने गिरोह रुपन्देही प्रहरीको फन्दामा



बुटवल । सर्वसाधारणको हातबाट मोबाइल लुटेर भाग्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ । मोटरसाइकलमा आउने र हातबाटै मोबाइल खोसेर फरार हुने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गिरोहमा संलग्नहरुले कतिपय स्थानमा सर्वसाधारणसँग जरुरी फोन गर्नुछ भनेर एक कलका लागि मोबाइल माग्ने र अर्को ब्यक्तिले चलाएको मोटरसायकलमा बसेर भाग्ने तथा एकान्तमा हातमा मोबाइल लिएर हिँडेका सर्वसाधारण नागरिकको हातबाटै मोबाइल खोसेर भाग्ने कार्य गर्दै आएका थिए ।

पक्राउ पर्नेहरुमा रुपन्देही सिद्धार्थनगर नगरपालिका बडा नं ७ का २५ वर्षीय मोटरसाइकल चालक मनिष हरिजन, सिद्धार्थनगर ३ का २४ वर्षीय देवान गुरुङ्ग, सिद्धार्थनगर १३ का २४ वर्षीय रोमन घर्ती र रुपन्देही सियारी गाउँपालिका वडा नं ३ का ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन् ।

पक्राउ परेका चारैजनालाई चोरी तथा डाँकाकसूर शिर्षकमा मुद्धा दर्ता थप अनुसन्धान जारी राखिउको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट विभिन्न कम्पनीका ८ थान मोवाईल तथा लु ५६ प ७१७ नम्बरको मोटरसाइकल वरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

चोरी तथा लुटपातमा संलग्नहरुलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कसूरको अवस्था हेरी २ बर्ष देखी ७ बर्ष सम्म कैद र २० हजार
देखी ७० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : १९ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क