२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

दिनदहाडै मोबाईल लुट्ने गिरोह रुपन्देही प्रहरीको फन्दामा



बुटवल । सर्वसाधारणको हातबाट मोबाइल लुटेर भाग्ने गिरोहलाई रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ । मोटरसाइकलमा आउने र हातबाटै मोबाइल खोसेर फरार हुने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गिरोहमा संलग्नहरुले कतिपय स्थानमा सर्वसाधारणसँग जरुरी फोन गर्नुछ भनेर एक कलका लागि मोबाइल माग्ने र अर्को ब्यक्तिले चलाएको मोटरसायकलमा बसेर भाग्ने तथा एकान्तमा हातमा मोबाइल लिएर हिँडेका सर्वसाधारण नागरिकको हातबाटै मोबाइल खोसेर भाग्ने कार्य गर्दै आएका थिए ।

पक्राउ पर्नेहरुमा रुपन्देही सिद्धार्थनगर नगरपालिका बडा नं ७ का २५ वर्षीय मोटरसाइकल चालक मनिष हरिजन, सिद्धार्थनगर ३ का २४ वर्षीय देवान गुरुङ्ग, सिद्धार्थनगर १३ का २४ वर्षीय रोमन घर्ती र रुपन्देही सियारी गाउँपालिका वडा नं ३ का ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन् ।

पक्राउ परेका चारैजनालाई चोरी तथा डाँकाकसूर शिर्षकमा मुद्धा दर्ता थप अनुसन्धान जारी राखिउको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट विभिन्न कम्पनीका ८ थान मोवाईल तथा लु ५६ प ७१७ नम्बरको मोटरसाइकल वरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।

चोरी तथा लुटपातमा संलग्नहरुलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कसूरको अवस्था हेरी २ बर्ष देखी ७ बर्ष सम्म कैद र २० हजार
देखी ७० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ९ : १९ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात