२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

एमाले अध्यक्ष ओली आज बुटवल आउँदै



बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदै छन । एसईई उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्न ओली आज बुटवल आउन लागेका हुन ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईई मा ३.६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एकै ठाउँ सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।

दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तरक्रिया पनि गर्नेछन् । अन्तरक्रियात्मक ढंगले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले अध्यक्ष ओलीसँग बालबालिकाहरुको अन्तक्र्रिया हुने भएपछि विभिन्न विद्यालयका प्राचार्य, शिक्षक तथा बुद्धिजीवीहरुको पनि कार्यक्रममा सहभागिता रहने बताए ।

कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष एवं रुपन्देही–२ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, अनेरास्ववियुका अध्यक्ष समक बडाल समेत सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ४७ बजे

राष्ट्रिय परिचयपत्र भएका नेपालीले घर/कार्यस्थलबाटै मतदाता नामावली दर्ता गर्न सक्ने

काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान

‘युवा पुस्तालाई मतदानको अवसर प्रदान गर्न मतदाता नामावली ऐन संशोधन गरिएको हो ’

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान

बुटवलमा एमालेले शनिबार जनसभा गर्दै

बुटवल । नेकपा एमालेले आगामी शनिबार देशभरका जिल्लाहरूमा जनसभा गर्दै