२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

अन्तराष्ट्रिय बुद्धिचाल महासंघकोे सयौँ स्थापना दिवसमा ललितपुरमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने



अन्तराष्ट्रिय बुद्धिचाल महासंघकोे सयौँ स्थापना दिवसमा ललितपुरमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने

काठमाडौँ । अन्तराष्ट्रिय बुद्धिचाल महासंघ (फिडे)को १०० औँ स्थापना दिवसको उपलक्ष्यमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

फिडे १०० गिनिश वर्ल्ड रेकर्डको प्रयासका लागि राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ । स्थापना दिवसको उपलक्ष्यमा नेपालको तर्फबाट प्रतिनिधित्व हुनेगरी राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता साउन ५ गते शनिवार लुभुस्थित महालक्ष्मी बैंक्वेटमा हुन लागेको हो ।

देशव्यपी रुपमा हुन लागेको सो प्रतियोगितामा सय जना राष्ट्रिय तथा अन्तर्रांस्ट्रियस्तरको खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ । विभिन्न समूहका १८ जना विजेता खेलाडीहरुलाई नगद पुरस्कार, ट्रफीको साथै प्रमाणपत्र पनि वितरण गर्ने प्रतियोगिताका टुर्नामेन्ट डाईरेक्टर नेसनल आर्बिटर हरिकृष्ण श्रेष्ठले बताए ।

बुद्धिचाल खेल विद्यालयदेखि अन्तर्रास्ट्रियस्तरसम्म पुर्‍याउन यस्ता प्रतियोगिताको आयोजनाले फाईदा पुग्ने उनले बताए। प्रतियोगिताका प्रमुख निर्णायक अन्तर्रास्ट्रिय आर्बिटर निरञ्जन प्रजापती छ ।

स्वीस लिग अन्तर्गत ९ राउण्डसम्म चल्ने प्रतियोगिता ३ मिनेट तथा हरेक चालपछि २ सेकेण्ड थप गरिने पनि जानकारी आयोजकले गराएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ८ : १८ बजे

रौतहट ४ को मतगणना सुरु

चन्द्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता, विष्णु पौडेलभन्दा २ हजार बढी मतले अगाडि

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-२ मा जारी

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य